काठमाडौँ, २० जेठ । क्षेत्रपाटीमा रहेको केके मार्टलाई उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको छ।तोकिएको अधिकतम बजार मूल्यभन्दा बढीमा वाइन विक्री गरेको भन्दै मार्टलाई कारबाही गरेको हो ।
विभागको बजार अनुगमन टोलीले नेपाली वाइन अधिकतम मूल्यभन्दा बढी रुपैयाँ लिएर विक्री गरेको भन्दै ३ लाख जरिवाना गरेको हो।
विभागले लकडाउन अवधिमै बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ।