Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोट बस दुर्घटना: गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाैं पठाइयो


    सोमबार, कार्तिक १ २०७८
    310
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नुवाकोट । नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

    किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडाैं जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

    घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

    बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ ।

    बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

    दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार