हेटाैंडा । बाग्मती प्रदेश सरकारकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारी साधनको भाडा आज (सोमबार) देखि लागू भएको छ ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।
साथै अब भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने छन् ।
–१० किलोमिटरसम्म २३ रुपैयाँ ।
–१५ किलोमिटरसम्म २७ रुपैयाँ ।
–२० किलोमिटरसम्म ३० रुपैयाँ ।
–२० किलोमिटरमाथि ३५ रुपैयाँ ।