Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य ?


    सोमबार, कार्तिक १ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि,  भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो । 

    सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन् । त्यसपछि उनले सँगै काम गरेका छैनन् । सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए ।

    तर, दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन्, जुन अझै पूरा भएको छैन ।  सञ्जयलाई उनको डेब्यु फिल्म ‘खामोसी’मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’पछि भने साथ दिएनन् ।

    आखिर किन त ? सलमान र सञ्जयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’मा मात्र केमियो गरे । सलमान किन रिसाए त ? दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले ।

    उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफूले गाह्रो समयमा सञ्जयलाई सहयोग गरेको, तर सफल भएपछि उनले बेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए ।

    त्यसपछि ‘साँवरिया’मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । त्यसपछि सलमानले सञ्जयको धेरै फिल्मको अफरलाई अस्वीकार गरे ।

    तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि सञ्जयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । त्यसले पनि निरन्तरता पाएन । पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन्, तर त्यो पूरा हुन सकेको छैन ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार