Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा


    सोमबार, कार्तिक १ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दसैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो ।

    लगानीकर्ता विस्तारै दसैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दसैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

    यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र ४% नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १०% अर्थात रु. १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४% अर्थात रु. ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।

     संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार