Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्दो राजमार्ग दुर्घटनाः दशैंका ६ दिन, ४४ जनाको गयो ज्यान 


    आइतबार, असोज ३१ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं ।  नेपालीमात्रको महान पर्व बिजयादशमीमा काठमाडौं लगायतका सहरबाट आफ्नो घर फर्किनेहरुको चाप बढी हुने गर्दछ । दशैंमा परिवार र मान्यजनसँग भेटघाट गर्ने तथा आशीर्वाद लिनका लागि जानेहरुको चाप यो बर्ष अत्यधिक नै देखियो । कोरोना कहरले गतबर्ष घर जान नपाएकाहरु यो बर्ष जाने नै भए ।

    यात्रुको अत्यधिक चाप र यातायात ब्यवसायीको मनोपोलीले यो दशैंमा खुसी मनाउन घर जाने ४४ यात्रु दुर्घटनामा परी मृत्युबरण गर्न बाध्य भएका छन् । दशैंका ५ दिन(सोज २५ देखि ३० गते) सम्म मात्रै घर जाने र फर्किने सवारी दुर्घटनामा परी ४४ यात्रुको निधन भएको छ । ५० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

    फुलपातीका दिन मात्रै नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नंको यात्रुवाहक बस २०७८ असोज २६ मा टायर पञ्चर भई दुर्घटना  ३२ जनाको ज्यान गयो । उक्त बसमा दशैं मनाउन घर जाने भविष्यका कर्णाधार विद्यार्थी सवार थिए । 

    दशैंमा सार्वजनिक यातायातको पर्याप्त ब्यवस्था नहुँदा यात्रुहरु छतमा बसेर वा झुण्डिएर असुरक्षित यात्रा गर्न बाध्य छन् । क्षमताभन्दा बढी यात्रु बोक्ने त्यस्ता सवारी साधनहरु बढी दुर्घटनामा पर्ने गर्दछन् । राजमार्गको उचित मर्मत सम्भार नहुँदा पनि दुर्घटना बढेका छन् । ग्रामीण सडकहरुको दुरवस्था पनि दुर्घटना बृद्धिको मुख्य कारक मानिएको छ ।

    दशैंका ६ दिनमा भएका कहालीलाग्दा दुर्घटना

    हेटौंडा–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  सो दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

    त्यसैगरी, बिहीबार राति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो ।

    दसैँको महानवमीको दिन बिहीबार ताप्लेजुङमा जिप दुर्घटना हुँदा १८ जना घाइते भए । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित ९ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण ब्रेक फेल भई उक्त बोलेरो दुर्घटना भएको थियो ।

    त्यसैगरी नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नंको यात्रुवाहक बस २०७८ असोज २६ मा टायर पञ्चर भई दुर्घटना भयो । सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस असोज २८ गते दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु सवार थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको थियो । यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भए । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो । जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

     पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप असोज २५ गते दिउँसो दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार