काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज शंकर खड्का खसी घुस लिएको आरोपमा तानिएका छन् । कलंकी ट्राफिकका प्रहरी निरीक्षक शंकर खड्काले दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको गुनासो आइजीपी शैलेश थापा क्षेत्रीसमक्ष पुगेपछि महाशाखालाई छानबिन गर्न निर्देशन दिइएको थियो ।
इन्स्पेक्टर खड्काले महाशाखाका हाकिम र प्रहरी प्रधान कार्यालयका हाकिमहरुका नाममा दशैंमा खसी र नगद घुस मागेको महाशाखाको छानबिन टोलीले नै अनुगमनका क्रममा फेलापारेपछि उनलाई तान्न खोज्दा उनले माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलमार्फत् दबाब दिएर थमौती भएका थिए ।
खसी घुस लिएकोबारेमा नेपालफेसले आइतबार बिहान समाचार प्रकाशित गरेपछि आजै उनलाई तानेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारी दिएका छन् ।