काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसैगरि पछिल्लो २४ घण्टामा ६८० जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ भने ७ लाख ८१ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको १२ हजार २९७ रहेको छ।