Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


    आइतबार, असोज ३१ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । 

    आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तिनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए ।

    ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो ।  दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार