Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४७ जना संक्रमित थपिँदा ८४५  जना निको


    शनिबार, असोज ३० २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८४५  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४६  पीसीआर परीक्षणमा १३६ र ३२७  एन्टिजेन परीक्षणमा ११ जना गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार भने सोही समयमा १ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५४४ जना होम आइसोलेसनमा र १,०५४ जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ।

    यसअघि हिजो शुक्रबार २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार