Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कार दुर्घटना हुँदा बेपत्ता भएका सञ्जय बैतडीमा मृत फेला


    शनिबार, असोज ३० २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी। जिल्लामा एकजना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका थिए ।

    उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थित महाकाली नदि किनारमा भेटिएको हो ।

    \मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

    भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार