Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ससुरालीबाट टिका थापेर घर फर्किएका ज्वाँइको भीरबाट लडेर मृत्यु 


    शनिबार, असोज ३० २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ। खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको  मृत्यु भएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । 

    राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

     मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार