काठमाडौँ । हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले बिवाह गरेका छन् । म्याकुरीले सुम्निमा खालिङसंग अन्तरजातीय बिवाह गरेका हुन् ।
सिक्किम निवासी खालिङ पनि मोडल तथा अभिनेत्री हुन् । उनले म्युजिक भिडियो तथा सर्ट मुभीहरुमा अभिनय गरेकी छन् ।
केही वर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले मंगलबार फूलपातीको दिन विवाह गरेका हुन् । त्यसअघि खालिङ ‘म्याकुरी’को फ्यान थिइन् । उनलाई पवन खतिवडा भन्दा पनि ‘म्याकुरी’ भनेर धेरैले चिन्ने गरेका छन् ।