Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नर्वेमा धनुकाण आक्रमणबाट पाँच जनाको मृत्यु


    बिहिबार, असोज २८ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ।

    राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो।

    सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन्। सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ। आक्रमणको उद्देश्य चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

    हताहत भएकाध्ये केही सुपरमार्केटमा फेला परेका थिए, जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको छ। बिदा हुन लागेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले व्यक्तिहरूविरुद्ध डरलाग्दो कार्य गरिएको भन्दै त्यसको निन्दा गरेकी छन्।

    त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा अनुसन्धान भइरहेको उनले बताइन्। घरहरूका काठका भित्तामा वाणहरू अड्केका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

    घटनापछि एउटा पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भनिन्, ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्, तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ।’ (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार