Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३६५  जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु, ६१० जना डिस्चार्ज


    बुधबार, असोज २७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६१०  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६७१  पीसीआर परीक्षणमा ३२६ र १ हजार ९२३  एन्टिजेन परीक्षणमा ३९ जना गरी ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार भने सोही समयमा ४ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार १७२ जना होम आइसोलेसनमा र १,०९५ जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ।

    यसअघि हिजो मंगलबार ७९२ जनामा संक्रमण पुष्टि हुँदा ९१० जना डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार