काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हुन्।
नेपाल र बंगलादेशबीचको दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्धको खेलका लागि तीन खेलाडी परिवर्तन गरिएको छ । भारतविरुद्ध सुरुआती-११ मा रहेका मनिष डाँगी, सुमन अर्याल, सुमन लामा टिममा छैनन् ।
अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठले सुरुआती-११ मा स्थान बनाएका छन् ।
नेपाली टिम – गोलकिपर- किरण चेम्जोङ, डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द र फरवार्डमा अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ रहेका छन् ।