Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुख्यात अमेरिकी गुन्डा नाइकेका सरसामान लिलाममा बढाबढ, ३० लाख डलरमा विक्री


    बुधबार, असोज २७ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कुख्यात अमेरिकी गुन्डा नाइके अल कुपोनका सरसामान सङ्ग्रह ३० लाख अमेरिकी डलरमा विक्री भएको छ। यसै सप्ताहान्त क्यालिफोर्नियामा भएको एउटा लिलाम बढाबढमा ती सरसामान विक्री गरिएको हो।

    अल कुपोनका करिब १४७ सरसामानमा बन्दुकदेखि उनका निजी तस्वीरहरू, गरगहना तथा फर्निचर थिए। ‘बदनामीको एक शताब्दीः अल कुपोनका सम्पत्ति’ नाम दिइएको लिलाम बढाबढ कार्यक्रम एउटा निजी क्लबमा गरिएको थियो। लिलाम बढाबढमा करिब एक हजार क्रेताहरू सहभागी भए।

    सबैभन्दा मन पराइएको सामानको रूपमा कुपोनको बन्दुक रह्यो जुन आठ लाख ६० हजार डलरमा विक्री भयो। द शिकागो ट्रिब्युन पत्रिकाका अनुसार २०औँ शताब्दीको एउटा बन्दुक सबैभन्दा उच्च रकममा विक्री भएको ठानिएको छ।

    अल कुपोन शिकागोका गुन्डा नाइके थिए जो सन् १९२० को प्रतिबन्धात्मक समयमा अपराधको दुनियाँमा ‘पब्लिक इनेमी नम्बर वान’ अर्थात्‌ जनताका एक नम्बरको शत्रुका रूपमा चिनिन्थे।

    अन्ततः उनी करछलीको अभियोगमा जेल जानुपर्‍यो र उनले अलकुट्राज कारागारमा थुप्रै वर्ष बिताए। अल कुपोनले प्रयोग गरेका सरसामान उनको मृत्यु भएको करिब ७५ वर्षसम्म परिवारसँग रह्यो। सन् १९४७ मा उनको मृत्यु भएको थियो।

    अल कुपोनका तीन जीवित नातिनीमध्ये एक डिआन क्यापोनीले आफू र बुढ्यौली लाग्न लागेका आफ्नी दिदीहरूको सल्लाहमा ती सरसामान विक्री गरेको समाचार संस्था रोयटर्सलाई बताइन्।

    उत्तरी क्यालिफोर्नियास्थित आफूहरूको घरमा जङ्गली जनावरहरूको आक्रमणको बढ्दो जोखिम पनि ती सरसामान बेच्नुको एउटा कारण भएको उनले बताइन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार