Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवमी र दशमीमा सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने, कुन-कुन रुटमा चल्नेछ ?


    मंगलबार, असोज २६ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैँको अवसरमा सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । एपीएफले दशैको दुई दिन (महानवमी र विजयादशमी)मा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

    एपीएफका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । बसले दुइटा रूटमा चक्रपथ परिक्रमा गर्नेछ।

    पहिलो रूटमा एपीएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।  

    यस्तै, दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म संचालन हुने एपीएफले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार