Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु दुर्घटना अपडेट : मृतकको संख्या २३ पुग्यो, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिँदै


    मंगलबार, असोज २६ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ ।

    केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

    नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ ।

    प्रहरीका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको र क्षतविक्षप्त अवस्थामा भेटिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार