Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवल गोलीकाण्ड: गृह मन्त्रालयमा आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक


    सोमबार, असोज २५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । आइतबार बुटवलमा भएको गोली प्रहारको बिषयलाई लिएर अहिले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति छ ।

    हिजो रुपन्देहीको मोतिपुरमा भएको हिंसात्मक घटनामा चार जना सर्वसाधारणको मृत्यु भएको छ । जनतातर्फ १० जना घाइते भएका छन् । त्यसैगरी प्रहरीतर्फ २४ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलतर्फ पनि त्यत्तिकै संख्यामा घाइते भएको बताइएको छ ।

    प्रहरीको गोली प्रहारबाट ज्यान गुमाउनेहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका अन्दाजी वर्ष २० का रमेश परियार रहेको अस्पताल स्रोतले बताएको छ । मृतक अन्य तीन जनाको नाम र ठेगाना खुलेको छैन ।

    प्रहरीले हिजो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी समत गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार