Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहर : कर्णालीमा २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या झण्डै दुई सय पुग्यो


    सोमबार, जेष्ठ १९ २०७७
    875
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ, १९ जेठ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७५ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै त्यहाँ संक्रमितको संख्या १९८ पुगेको छ ।

    आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दैलेखको नारायण नगरपालिका–१ का २ जना पुरूष, २ का एक जना पुरूष, ३ र ४ का ३र३ जना पुरूष, ५ का ९ जना पुरूष, ८ का २ जना पुरूष, १० का ५ जना पुरूष रहेका जानकारी दिएको छ ।

    दैलेखकै महाबु गाउँपालिका–३ का २५ वर्षीय पुरूष, दुल्लु नगरपालिका–८ का २० वर्षीय पुरूष, वडा नम्बर ५ १२ का ३ जना पुरूष रहेका छन्।दुल्लु नगरपालिकाकै वडा नखुलेका २ जना पुरूष र २ जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।

    यस्तै, स्थानीय तह नखुलेका दैलेखका सिमडा गाउँका दुई जना पुरूष, देवलकाँडा गाउँका ३ जना पुरूष, सोत गाउँका १ पुरूष, साडु गाउँका १ पुरूष र जुकेपानी गाउँका १ जना पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

    पछिल्लो समय देखिएका कोरोना संक्रमितमध्ये सुर्खेतका ५ जना पुरूष रहेको स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए। जसमा बराहताल गाउँपालिका–१ का ४ जना छन् भने १० का १ जना छन्।

    यस्तै पछिल्लो २४ घण्टाभित्र सल्यानका १० जनामा कोरोना पुष्टि भएको छ। जसमा वनगाड कुपिण्डे नगरपालिका–१ का २ जना पुरूष, ३ का २ जना पुरूष, ५ का ३ जना पुरूष, ६ का १ जना पुरूष र ७ का दुई जना पुरूष रहेका छन्।

    यस्तै जुम्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये दुई जना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत सुरक्षाकर्मी रहेका छन्। जिल्लाको हिमा गाउँपालिका १ का २ जना पुरूष, ५ का ४ जना पुरूष, ६ र ७ नम्बर वडाका एकरएक जना पुरूष, सिंजा गाउँपालिका–३ का १ जना पुरूष, ४ का ३ जना पुरूष, ५ का २ जना पुरूष र ६ का ३ जना पुरूष रहेका छन्।

    पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

    आइतबारसम्म कर्णालीमा १२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार