Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको माग : रुकुम घटनाको छानबिन दलित सांसदको नेतृत्वमा हुनुपर्ने


    सोमबार, जेष्ठ १९ २०७७
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • रुकुम, १९ जेठ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले गरेको छ ।

    त्यहाँ दुई साताअघि चौजहारीस्थित आफ्नी प्रेमीकाको घर पुगेका जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो ।

    कांग्रेसले गाउँलेहरुकोआक्रमणबाट पाँच जनाको मृत्यु र एक जना अझै बेपत्ता रहेको भन्दै उक्त अमानवीय घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा समिति बनाउनुपर्ने बताएको हो ।

    सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सांसद मानबहादुर विश्वकर्मा उठेर बोलेका थिए ।‘गृहमन्त्रीले उनीहरू भेरीमा हामफाले भन्नुभएको छ । तर पोस्टमार्टम गर्दा मृतकका पेटमा पानी छैन । मान्छे हामफालेपछि पहिले पानी पिउँछ। तर पेटमा पानी नहुनुको कारण मारेर फालिएको थियो,’ उनले भने ।

    गृहमन्त्रालयले कर्मचारीको नेतृत्वमा बनाएको छानविन समितिले न्याय दिन नसक्ने उनले बताए । गृहले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

    ‘उक्त घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस्,’ उनले भने, ‘गठन भएन भने योभन्दा कडा कदम चाल्न बाध्य नपारियोस् । ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार