एजेन्सी । युइएफए नेसन्स लिगको उपाधि विश्व विजेता फ्रान्सले जितेको छ ।
इटालीको मिलानोमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा स्पेनका मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन । ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।
यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।
त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको छ । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए ।