Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ च्याम्पियनसिप: नेपालको पहिलो हार


    सोमबार, असोज २५ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनटमा  एक मात्र निर्णायक गोल गरे ।

    यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

    नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

    नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ। 

    अब नेपालले अन्तिम फैनल प्रवेशका लागि बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार