Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा प्रहरी र सुकुम्बासीबीचको झडपमा परेर चार जनाको मृत्यु, १४ जना घाइते


    आइतबार, असोज २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल। प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपमा परेर चार जनाको मृत्यु भएको छ ।

    आइतबार दिउँसो रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाएको थियो । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको  भैरहवाको युनिभर्सल मेडिकल कलेजले जानकारी दिएको छ।

    प्रहरी स्रोतका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।

    झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

    प्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार