पोखरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै भएको बताएका छन् । अरू कुनै शक्तिले आफ्नो पार्टीलाई पराजित गर्न नसक्ने भन्दै उनले पार्टीभित्रैबाट हराउन लाग्नेहरूका कारण समस्या भएको बताए ।
‘हाम्रो पार्टीमा एकता भएको खण्डमा हाम्रो पार्टीलाई कसैले हराउन सक्दैन । हाम्रो पार्टीलाई कसैले हराउँछ भने हामी आफैँले हराउँछौँ’, उनले भने, ‘यो सत्य कुरा हो । हामी एक भयौँ भने संसारमा कुनै शक्तिले हामीलाई हराउन सक्दैन । त्यसैले पार्टीको एकता अनिवार्य छ ।’
आउँदो अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न उनको आग्रह छ । उनले पार्टी अधिवेशनमा मिलेर जान नेता, कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको अधिवेशन आउँदै छ । यसमा प्रतिस्पर्धा हुन्छ । भरसक एक भएर जाऔँ’, उनले भने, ‘सहमति भएन भने स्वच्छ प्रतिस्पर्धा गरौँ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक तरिकाबाट निर्वाचन गरौँ । तिक्ततामा होइन, सौहार्द्धपूर्ण होस् ।’
कांग्रेसले ठूला आन्दोलनको नेतृत्व गरेर आएकाले सामान्य पराजयमा नआत्तिन उनको आग्रह छ । ‘हाम्रो पार्टी ठूलाठूला आन्दोलनको नेतृत्व गरेको पार्टी हो । एकता भएको खण्डमा राम्रो भविष्य छ । यो पार्टीभन्दा अरू प्रजातान्त्रिक पार्टी पनि छैन’, उनले थपे, ‘जित्नेहरू मात्तिने काम छैन । हार्ने पनि निराश हुने काम छैन । जित्नेले हार्नेलाई साथमा लिन सक्नुपर्छ । हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ ।’
आगामी निर्वाचनमा पार्टीलाई वियजी गराउनका लागि एकजुट भएर लाग्न उनले निर्देशन दिए ।
फरक प्रसंगमा देउवाले पोखरा पर्यटकीय राजधानी भएकाले यसको पुनरुत्थानमा सरकार संवेदनशील रहेको बताए । ‘पोखरा गण्डकीको राजधानी हो । नेपालकै पर्यटकीय राजधानी हो । कोरोनाका कारण अहिले केही समस्या परेको छ’, उनले भने, ‘सुन्दर ताल र हिमालहरू छन् । कोभिड पनि धेरै हदसम्म कन्ट्रोल भएको छ । बेलायतले नेपालबाट जानेलाई भिसा खुला गरेको छ । अब सकारात्मक सन्देश आउँछ ।’ न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend