Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव, मतदान नै नगरी प्रदेशसभा बैठक १२ दिन स्थगित


    आइतबार, असोज २४ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।

    तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी शाक्यले दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी कानुनका कारण प्रदेशसभाको बैठक आह्वान गरेकी थिइन् । 

    प्रदेशमा सभामुखसहित १ सय ९ सांसद छन् । जसमा हाल शाक्य नेतृत्वको एमालेका ४३ सांसद मात्र छन् । यसअघि एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा १३ जना सांसद गएपछि अल्पमतमा परेकी छिन् ।

    सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनका दलबाहेक अन्य दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार