बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका एकको मृत्यु भएको छ ।
औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए ।
भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । अवस्था अहिले पनि तनावपूर्ण छ ।
सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।