Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडप: दुई जना घाइते


    आइतबार, असोज २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।

    बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

    घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

    लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यका अनुसार घाइतेहरुलाई अस्पताल पठाइएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार