Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ताइवानलाई पुन: एकीकरण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको वाचा


    आइतबार, असोज २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको ‘पुनः एकीकरण’ पूरा गर्न बाँकी रहेको बताएका छन्। चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ‘गौरवशाली परम्परा’ रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका छन्।

    सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको छ। ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्छ तर चीनले भने उसलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेर्छ।

    बेइजिङले एकता प्राप्तिका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई अस्वीकार गरेको छैन। गत हप्ता चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमानहरू उडाएको थियो।

    ‘मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्छ र निश्चित रूपमा त्यो पूरा हुने छ,’ सीले भने। उनले आफूले शान्तिपूर्ण रूपमा हङकङमा जस्तै “एक देश दुई प्रणाली” अन्तर्गत एकीकरण देख्न चाहेको बताएका छन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार