बिष्णु रिजाल र सरिता गिरी
काठमाडौं । भारतले अतिक्रमण गरेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा नेपालको सार्वभौम संसदबाट अनुमोदन गर्न लाग्दा भारतीयलाई भन्दा बढी टाउको दुखाई नेपालका केही नेतालाई भइरहेको छ । डा. बाबुराम भट्टराई, विमलेन्द्र निधि, प्रदीप गिरीहरुले नेपाली भूभाग समेटेर नक्सा जारी गर्दा खुसी हुनुपर्नेमा दुःखी भएका छन् । सरिता गिरी त अति तल्लो स्तरमा आफ्नो मातृभूमि फिर्ता गर्ने कार्यको बिरोधमा उत्रिएकी छन् । र, अझ अगाडि बढेर नेपालमा भारतले लगाएको नाकाबन्दी सही थियो भन्न पछि परेकी छैनन् । मधेशी जनतालाई साथ दिनका लागि त्यतिबेला भारतीय हस्तक्षेप सही थियो भन्न थालेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले आइतबार सामाजिक संजालमा लेखेको टिप्पणीमा जवाफ दिने क्रममा सरिता गिरी तल्लो स्तरमा उत्रिएकी हुन् । रिजाललले बल दिल्लीको कोर्टमा छ भनेर सामाजिक संजालमा लेखेका छन्–‘नेपालमा भारतलाई सबभन्दा बढी ‘बुझेको’ र ‘झेलेको’ नेता नै केपी ओली हुनुहुन्छ भन्ने तथ्य भारतीयहरुले बुझ्नुपर्ने हो । भारतसँग हार्दिक र उन्नत सम्बन्धका लागि बेलाबेलामा जोखिम मोल्नुभएका ओली भारतीयहरुले भनेझैँ एकाएक ‘एन्टागोनिस्ट’ हुनुको कारण उनीहरु आफैँले खोज्नु उपयुक्त हुन्छ । आफ्नो देशका विरुद्ध नाकाबन्दी लगाइँदा कुन चाहिँ प्रधानमन्त्रीले ‘रोटी–बेटीको सम्बन्ध’ को राग अलापिरहन सक्ला र ? आफ्नो देशको भूभाग चुँडालेर लैजाँदा कुन प्रधानमन्त्रीले भलादमी बनेर मीठो कुरा गरिरहन सक्ला र ?
रिजालले सुहासिनी हैदरको अंग्रेजी भाषामा लेखिएको लेख सेयर गर्दै माथिको टिप्पणी लेखेपछि त्यसमा सरिता गिरीले लगातार टिप्पणी गरेकी छन् । उनले सुहासिनी हैदरको लेख पढेको तर नेपालको नक्साका बारेमा प्रश्न रहेको उल्लेख गरेकी छन् । दोस्रोमा उनले १८१६ को सन्धि अनुसार नेपालको नक्सा परिवर्तन गर्ने काम अगाडि बढाउनुभएको छ भनेर प्रश्न गरेकी छन् । तेस्रो टिप्पणी उनको नेपालीका रौं रौंमा आक्रोस पैदा गर्ने खालको छ । उनले नाकाबन्दीमा भारतले गरेको हस्तक्षेप सही छ भन्ने तर्क राखेकी छन् । जसको जवाफमा रिजालले चेतावनीको भाषामा लेखका छन्–‘सरिताजी, नेपालका पक्षमा कुनै कुरा हुँदा तपाईंको टाउको यसरी किन दुख्छ ? नेपाली नागरिकता छ, नेपालको संसदमा हुनुहुन्छ । यसरी नेपालकै विरुद्ध उभिन अलिकति पनि अप्ठेरो लाग्दैन ? मेरो आग्रह छ, यो नेपालको मामिला हो, कृपया यसरी नबोलिदिनूस् । तपाईंलाई कुनै कुरा पनि भन्न मन थिएन, मेरै वालमा आएर टिप्पणी गर्नुभएकाले मात्र लेखेको हुँ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend