काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जना कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५ हाजर ८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार भने सोही समयमा ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।