Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लगानी बोर्डको ४८औँ बैठक: करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत


    शनिबार, असोज २३ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।

    बालुवाटारमा सम्पन्न भएको लगानी बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको छ । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।

    यस्तै, संखुवासभा जिल्लाको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान भएको हो ।

    बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गर्नेसमेत बताएको छ । सो अध्यानको ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने भएको छ ।

    बैठकले लगानी बोर्डको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार