Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री नबनाएको भन्दै उपेन्द्र यादवको वीरगञ्जमा पुत्ला दहन


    शनिबार, असोज २३ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहले असन्तुष्ट जनाएको छ । हिजो शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै जसपामा मन्त्री बन्न नपाएका नेताहरुमा रुष्ट बनेका हुन् । 

    प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।यसअघि उनी मन्त्री बन्ने चर्चा थियो । तर, अध्यक्ष यादवले उनलाई मन्त्रीको सूचीबाट शुक्रबार हटाएका थिए । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित त्यहाँको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

    पर्साको निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन् प्रदीप यादव । निर्वाचित आफ्नो सांसदलाई मन्त्री नबनाएको आक्रोशमा उनकै पार्टी जसपाका कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको छ ।त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् । तर, यस विषयमा अध्यक्ष यादवले कुनै प्रतिक्रिया दिएका छैनन् । स्मरणीय के भने जसपाबाट चार जना मन्त्री हुनेहरुमध्ये तीन जना यादव रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार