Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु


    शनिबार, असोज २३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा हिजो शुक्रबार आत्मघाती हमला भएको छ ।आत्मघाती हमला परी कम्तिमा ५० जनाको मृत्यु भएको त्यहाँका  सञ्चारमाध्यमले जानकारी दिएका छन्।

    एनडीटीभीका अनुसार आज कुन्दुज शहरको सिया धर्मावलम्बीको मस्जिदमा विस्फोटन भएको हो। गत अगष्टमा तालिबानले अफगानिस्तान कब्जामा लिएयता आईएस–के समूहले तालिबानविरुद्ध हिंस्रक गतिविधि मच्चाउँदै आएका छन्। यो आक्रमण कसले गरेको भन्ने यकिन भएको छैन। आक्रमणको जिम्मा पनि कुनै समूहले लिएको छैन।

    एमएसएफ अस्पतालका अनुसार हालसम्म यो घटनाका ९० घाइतेले उपचार पाइरहेका छन्। अस्पतालमा उपचारकै क्रममा १५ को ज्यान गइसकेको छ। तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कुन्दुजको मस्जिदमा बम विस्फोट भएको बताए पनि कतिको मृत्यु भएको केही जानकारी दिएका छैनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार