Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज असोज २३ गते शनिवारको राशिफल


    शनिबार, असोज २३ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। पाथीभरा माताको दर्शन गर्दै  हेर्नुहोस् आज असोज २३ गते शनिवारको  राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार