Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विषाक्त मदिराले रुसमा १४ जनाको मृत्यु, २२ जना विरामी


    शुक्रबार, असोज २२ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मस्को । विषाक्त मदिरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
    गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

    ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार