काठमाडौं । सरकारले आज (शुक्रबार) संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिने भएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको हो ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
रेल्वे विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन छ । फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
नेकपा एमालेले आफ्नो दलले १४ सांसदमाथि गरेको कारवाहीको सूचना सभामुखले सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।