काठमाडाैं । घटस्थापनाको साइतमा मन्त्रिपरिषद विस्तारको कोशिस गरिए पनि आज (बिहीबार) सरकारले पूर्णता नपाउने भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुङ्गो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।
तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।