काठमाडौं । आर्थिक बर्ष २०७७–०७८ को बजेट वक्तब्यमा सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने प्रस्तावको चर्को बिरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुख खोलेका छन् । उनले बजेट बक्तब्यमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको दाबी गरेका छन् । बजेटमा शिक्षा मन्त्रालयले प्रस्ताव नै नगरेको कुरा समावेश कसरी गरियो, यो कुराको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुपर्ने भएको छ । शिक्षा मन्त्रालयको प्रस्तावविना यस्तो सरकारलाई नै बदनाम गर्ने कुरा बजेटमा कसले घुसायो, त्यसको खोजी गर्नुपर्ने भएको छ ।
अर्थमन्त्र ी खतिवडाले प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६ मा उक्त कार्यक्रम सार्वजनिक भएपछि शिक्षामन्त्री पोखरेलको अलोचना हुँदै आएको छ ।
नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले समेत बजेट वक्तव्यमा आएको उक्त कार्यक्रमप्रति आपत्ति जनाएका थिए । नेकपाका अन्य नेता, सांसद, विद्यार्थी संगठन र शिक्षाविद्हरुले पनि सरकारलाई उक्त कार्यक्रम खारेज गर्न आग्रह गरेका थिए ।
शिक्षामन्त्री पोखरेलले आइतबार विज्ञप्ति पजारी गर्दै उक्त कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको प्रष्ट पारेका छन् । सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा दिएर निजीकरणलाई प्रश्रय दिएको भनेर चौतर्फी विरोध भएको थियो । अनेरास्ववियूका नेता सुदेश पराजुलीले मन्त्री पोखरेललाई प्रश्न गर्दै सोधेका थिए–‘तपाईले भन्दैआएको समाजवाद, तपाईले निर्माण र संचालन गरेको भनिएको ‘आधारशीला कम्युन’ र निजी विद्यालयले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी लिनुपर्ने बजेटको नयाँ नीतिका बीचमा कुनै साइनो सम्बन्ध भेट्नुहुन्छ ? हिजोको आफ्नै विगत र मान्यताले कुरीकुरी गरे जस्तो लाग्दैन तपाइलाई ?’
कम्युनिष्ट पार्टीको लामो इतिहास भएको हाल नेकपा स्थायी कमिटी सदस्य कमरेड गिरिराजमणि पोखरेल र शिक्षाको दायित्वबाट राज्यलाई अलग गरी निजीकरणको नीतिगत निर्णयको अगुवाई गर्ने पोख्रेल एउटै ब्यक्ति हुन् त १ हामी आश्चर्यमा छौं, पराजुलीले लेखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend