Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेता जोशी भन्छन्: १० बुँदे कार्यान्वयन नभएपछि एमालेमा बस्न सकिएन


    बिहिबार, असोज २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीकाे साथ छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका जोशीलाई बिहीबार समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

    एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताएका हुन् । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको टिप्पणी गरेका छन् ।

    उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी)  कार्यान्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

    ‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार