काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।
बुधबार प्रतितोला ८९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।