Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘इन्जेक्सन’ लगाएको २ मिनेटमै बालिकाको मृत्यु, रातभर अस्पताल बन्यो तनावग्रस्त


    बिहिबार, असोज २१ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाँचथर । जिल्ला अस्पताल पाँचथरमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । 

    मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो । 

    पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बिहान  मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन् ।

    गत मङ्गलबार अस्पताल भर्ना भएकी बालिका बुधबार ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो । मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन् । 

    स्वास्थ्यकर्मीले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् । यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ । 

    हिजोदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन । घटनाका सम्बन्धमा छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार