काठमाडौं । प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला उनलाई नै प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।
दशैंको अवसरमा सर्वोच्च बारले बुधबार आयाेजना गरेकाे चियापान कार्यक्रममा प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको भन्दै उनीहरूले बहिस्कार गरेकाे स्राेतले बताएकाे छ ।
मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएकाले उनीहरू अनुपस्थित भएकाे एक वरिष्ठ अधिवक्ताले भने ।
वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि सञ्चो नभएको बहाना बनाउँदै चियापान कार्यक्रममा नगएकाे सर्वोच्च बारका एक पदाधिकारीले बताए ।
चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।