Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री राउतकाे आरोप: प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भयाे


    बुधबार, असोज २० २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् ।

    बुधबार प्रदेशसभा बैठकमा उनले केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै एक्कासी छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका हुन् ।

    ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’

    अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताए । ‘संवैधानिक निकाय हो काम गर्न पाउनुपर्छ, तर राजीतिक दलले यसलाई एजेण्डा बनाउनुहुँदैन’ मुख्यमन्त्री राउतले भने ।

    मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार