Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यभोटेकोशीको आईपीओ आजदेखि खुल्यो, अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने


    बुधबार, असोज २० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ ) आजदेखि निष्काशन गरेको छ । कम्पनीले ९० लाख कित्ता आईपीओ  प्रतिकित्ता १०० अंकित  शेयर आजदेखि निष्काशन गरेको हो। 

    मध्य भोटेकोशी जलविद्युत् कम्पनीले निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार