Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सधैँ आकाशमा उड्ने जहाज आकाशे पुलमूनि कसरी पुग्यो ? भिडियो भयो भाइरल (भिडियोसहित)


    बुधबार, असोज २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडियो यतिखेर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

    सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज एक्कासी आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिस आश्चर्यमा समेत परेका छन्। 

    भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको संचारकर्मी अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राखेका थिए।  भिडियो ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ।  जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर  पुलमूनि अड्किएको छ।

    कम्पनीका अनुसार उक्त जहाज कवाडीमा बेचिएको हो। किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन्। 

    हेर्नुहोस भिडियो:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार