Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईपीएलमा आज दुई खेल हुने, क्वालिफायरमा चितवन-पोखरा तथा एलिमिनेटरमा काठमाडौं-भैरहवा भिड्दै


    बुधबार, असोज २० २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज बुधबार दुई खेलहरु हुँदैछ ।

    त्रिवि क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।

    पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

    सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो ।

    चितवन र पोखराको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

    बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

    शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो।

    प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार