Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरा कांग्रेस अधिवेशनमा ठूलो झडप: प्रहरी नै घाइते भएपछि मतगणना अनिश्चित


    बुधबार, असोज २० २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा मंगलबार भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ।

    जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था समान्य छ।

    वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको  छ। मंगलबार राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए।

    कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार