Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको सेटिङमा तस्करी बढ्यो, एसपीका घुमुवा नै तस्करका मतियार


    मंगलबार, असोज १९ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • महोत्तरी । २०७८ असोज ६ गते बिहान करिब ८ बजे जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित माछा बजारबाट जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बिशेष सूचनाको आधारमा भारतबाट भन्सार छली चोरी निकासी गरी जनकपुर ल्याउँदै गरेका लत्ताकपडा बरामद गर्यो ।

    प्रहरीले बुझ्दै जाँदा उक्त सामान महोत्तरीको मटिहानी नाकाबाट नेपाल छिरेको थियो । ज १ च ११११ नम्बरको बोलेरो पिकअप गाडीमा भन्सारछलीका पाँच पोका लत्ताकपडा प्रहरीले बरामद गरेको थियो । बरामद कपडाको मूल्य करिब ६ लाख ६१ हजार ५ सय र गाडीको समेत करिब ७ लाख गरी जम्मा १३ लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको मालसमान भन्सार चलान गरेको थियो । गाडीसहित सामान भन्सारमा बुझाइएको थियो ।

    taskari 1.jpg
    जनकपुरमा प्रहरीले बरामद गरेको भन्सारछली ल्याइएको कपडा

    महोत्तरीबाट भित्रिएको मालसामान जनकपुरमा बरामद हुनुले जिल्ला प्रहरीको काम कारबाही र नियतमाथि शंका उब्जाएको छ ।  महोत्तरीमा केही दिनयता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङमा यस जिल्लाका बिभिन्न नाकाबाट रातदिन तस्करी भइरहेको स्रोत बताउँछ ।

    महोत्तरीको मटिहानी, भिटामोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट निर्वाध तस्करी हुँदैआएको छ । सानोतिनो ब्यापारीले दिउँसै माल समान आरपार गर्छ भने ठुला ब्यापारीहरु भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेको छ ।

    स्रोतका अनुसार महोत्तरीका नाका हुँदै नेपालबाट रक्सी, स्याउ, टुथपेस्ट, फेयर एण्ड लबली क्रिमलगायतका मालसमान भारत पठाउने गरिएको छ । यस कार्यमा महोत्तरीका प्रमुख तस्करहरु कालिया, महेश यादव, गाइबला मियाँ, संजिब, सपना सिंह, रञ्जित यादव, जानीपुर बाली, रघु, मिठुर लगायत तीन दर्जन भन्दा बढी साना ठुला ब्यापारीहरु संलग्न छन् ।

    मटिहानी नाकाबाट सुजित साह, अमरेश यादव, अलि हसन लहेरी, दिनेश यादव, प्रमोद साहसँगै दुई दर्जन ब्यापारीले लत्ताकपडा, इलेक्ट्रोनिक्स समान, सूर्ति, किराना, भाँडाबर्तन, मलखाद ब्यापक रुपमा चोरी तस्करी गरी नेपालतर्फ ल्याउने गरेका छन् । त्यस्तै नेपालबाट केराउ, मरिच, घरेलु तथा सिलप्याक रक्सी, स्याउ, टुथपेष्ट, फेयर एण्ड लब्लीलगायतका सरसामान भारततर्फ पठाउने गरिएको छ । युनिलिभरको ट्रेडमार्क चोरी गरी चीनमा उत्पादित नक्कली फेयर एण्ड लब्ली लगायतका कस्मेटिक नेपाल हुँदै भारततर्फ तस्करी हुने गरेको छ ।  

    taskari.jpg
    महोत्तरीका नाकाबाट यसरी हुन्छ तस्करी 

    महोत्तरीमा घुमुवा आतंक

    तस्करी गराउने कार्यमा नेपाल प्रहरीका घुमुवा हवल्दार राजेश यादवको मुख्य हात रहेको छ । यादवले नै तस्करसँग मिलेर सेटिङ गर्ने गरेका छन् । महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) दिनेश आचार्यले बिभिन्न तस्करहरुसँग बार्गेनिङ गर्न तथा अबैध सकम असुल गर्न हवल्दार यादवलाई प्रयोग गर्ने गरेको स्रोतको दाबी छ । महोत्तरीका भारतसँग जोडिएका सीमानाकाबाट तस्करी हुने गरेकोबारेमा एसपी दिनेश आचार्यसँग मंगलबार साँझ प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।

    प्रहरी चौकी मटिहानीका सई सुमन सिंह, भिठामोडका सई आदित्य सिंह र सम्सीका सई नवीन झा लगायत सबै चौकीका इन्चार्जहरुसमेत घुमुवा यादवसँग डराउँछन् । यादव एस.पी. आचार्यका विश्वासपात्र भएकै कारण उल्टो कुरा लगाइदिने हुन् कि भनेर उनीहरु त्रसित हुुने गरेका छन् ।

    करिब २ वर्ष अगाडि धनुषाबाट महोत्तरी सरुवा भएका यादवलाई यसअघिका एसपी टीकाबहादुर केसीले घुमुवाको रुपमा अतिरिक्त असुलीका लागि खटाएका थिए । असुलीमा अनुभवी भएकाले एसपी आचार्यले समेत उनलाई घुमुवाका रुपमा निरन्तरता दिएका छन् ।

    केही दिनअघि भारतबाट चोरी गरी ल्याएको ग्ल्यामर मोटरसाइकल धिरापुर प्रहरी चौकीले पक्राउ गरेको थियो । जनकपुर उपमहानगरपालिका कुवा रामपुर घर भएका सुजीत साहलाई मोटरसाइकलसहित पक्राउ गरे पनि घुमुवा यादव र प्रहरी चौकीका इन्चार्जले १४ हजार रुपैयाँ लिई छोडेका थिए । घुमुवा यादवकै सल्लाहमा अहिले सो बाइकमा नक्कली नेपाली नम्बर ज १० प १७८० राखी तस्करी कार्यमा प्रयोग गरिएको छ ।   

    तस्करहरुबाट महोत्तरीका नेपाल प्रहरीका घुमुवा प्रहरी हवल्दार राजेश यादवले उठाउने गरेको घुसको रेट

    chart.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार